एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक पुनः बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आज आइतबार पनि बस्ने भएको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने बैठकपश्चात आजै साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

शनिबार शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको उनको भनाई छ ।पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ ।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए।भने, महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए।