
काठमाडौं ।काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।
मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिएका छन्।साथै धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
