
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ।
नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो उर्दीसहित अभियान सञ्चालन गरेको हो। आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्ने र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताएका छन् ।
‘जनसङ्ख्या,भूगोल,उत्पादन,कर संकलनको अवस्थालगायत मापदण्डका आधारमा ‘वडालाई स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिने व छ।’ नगरप्रमुख श्रेष्ठले भने।
नगरप्रमुख श्रेष्ठका अनुसार हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन्।
