
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति तथा संसदीय दलको बैठक बस्दै छ।
प्रमुख सचेतक रमेश लेखकका अनुसार आज सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्दै छ ।यसैगरि आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने उनले बताएका छन्।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने प्रमुख सचेतक लेखकले जानकारी दिएका छन् ।
