मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मनिषा गुरुङ

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।जसको प्रभावले मौसम बदली भइरहको छ ।

जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा मेघगर्जन ÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उता राति पनि कोशी,बाग्मती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै कोशी,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।