
सीता पौडेल(अर्चना)
काठमाडौं ।‘दिगो फेसन,सौन्दर्य,जीवनशैली तथा कलाका लागि युवा र महिला सशक्तिकरण ’ भन्ने नाराका साथ नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ।
बिजनेस नेटवर्क प्लेटफर्मका रुपमा रहेको ‘फेसन नेटवर्क नेपाल’(एफएनएन)ले यही जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा आयोजना गर्ने तीन दिने उक्त फेस्टिभलमा नेपालको फेसन उद्योगसँग सम्बन्धीत र रुचि राख्ने व्यक्तिहरुका लागि फेशन,लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा जानकारी गराउने उदेश्यले फेस्टिभल आयोजन गरिएको हो।
एफएनएनले सोमवार पत्रकार सम्मेलन गरेर उक्त फेस्टिभल सानेपास्थित हेरिटेज गार्डेनमा हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।भने,नेपालमै पहिलो पटक यस प्रकारको फेस्टिभलको आयोजना हुन लागेको दाबी गरेको छ ।
सम्मेलनमा फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने,विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजना गर्न लागिएको बताए।
अध्यक्ष ताम्राकारले एफएनएनले यस महोत्सवलाई नेपाली फेसन,सौन्दर्य,जीवनशैली तथा कला क्षेत्रको उत्सवको रुपमा मनाउने तयारी भएको पनि सुनाए ।
संस्थापक तथा निर्देशक शेखरराज कशजुका अनुसार उक्त फेस्टिभललाई रचनात्मक, ज्ञान पवद्र्धक र नवप्रवर्तकहरुका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्य राखेर काम थालिएको छ । भने,यसको अधिकांश तयारी पुरा भइसकेको छ।
नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्श मार्फत प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान,संस्थागत तथा व्यवसायिक बनाउँदै यसको प्रर्वद्धनका लागि थप रणनीतिका साथ अगाडी बढ्ने तयारी गरेको जनाएको छ।
‘हामीले नेटवर्किङ,सहकार्य र हातेमालो गरेर अगाडी बढ्न तथा अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभल आयोजना गर्ने निर्णय गरेका हौं, संस्थापक कशजुले भने।’ ‘हामीले पहिलो पटकको आयोजनामा कम्तिमा ७५ वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्र,जुन हाम्रो जीवनशैली संग पनि नजिक छ, ती सबैलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका छौं।’
सो सम्मेलनमा सल्लाहकार तथा रुस्काज मेकअप स्टुडियो एण्ड स्कूल अफ ब्यूटिसियन आईटिसीका निर्देशक रुस्का श्रेष्ठ तथा महोत्सवका मुख्य प्रायोजक रेजभोल कस्मेटिक्सका मार्केटिङ मेनेजर रिया अवालेले महोत्सवको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।
नेपालको फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा फेसन,ब्यूटी,जीवनशैली र कलाको अर्थपूर्ण सहकार्य गराउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा फेसन,ब्यूटी,लाइफ स्टायल र आर्टको समिश्रण हुने बताइएको छ।
फेसन फेस्टिभल नेपालमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स,रिजभल,नमूना फेसन कलेज, आईआईएफटी,पिके मार्केटिङ प्रालि,इन्टा अटायर,आवरण स्किन क्लिनिक,बप्दावा,एसएस फेसन एण्ड क्राफ्ट,हेल्दी च्वाइस,प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर,श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टलहरु राखिने छ।
यसैगरि गुर्खा वाच,अमृता क्राफ्ट,ज्वाला राज डिजाइन,त्रिकाया,बहुबेटी फेब्रिक सेन्टर,लोगो, जुजु,मेकअप दरबार,सुट स्टुडियो,लाली,काया कलेक्सन,अर्को नेपाल,याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल,साबाह नेपाल,बिआइएले पनि फेस्टिभलमा स्टल राख्ने तयारी गरेका छन् ।
महोत्सवमा अल्लो फेब्रिक्स,काठमाडौं फेब्रिक्स,चियाङ माइ,अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स,शमा पस्मिना,न्यू मीउ,केश यूनिसेक्स सलून,स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल(एफएचएएन)जेबिजी बेसपोकले स्टलहरुको सजावट गर्ने बताइएको छ।
फेस्टिभलमा फुड कोर्टका स्टलहरु समेत राखिने छन्।फुड कोर्टमा बोता, क्रेजी यतीर रुमाली घर, थान्कस नेचुरल आईसक्रिम,मीना मिसन खाद्य उद्योग,भिलेज क्याफे,इजी फ्रूट,होक्कादो, मेक्सिकन डिजाइट लगायका स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै छन्।
महोत्सवमा फेसन उद्योगका समस्या,सम्भावना र चुनौतीहरुका बारेमा सम्बन्धि क्षेत्रका विज्ञहरुबीच प्रत्येक दिन दुई वटा प्यानल डिस्कसनको कार्यक्रम समेत राखिएको छ। भने,महोत्सव अवधिभर छ वटा प्यानल डिस्कसनका कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन्।यो सँगफेसन उद्योगमा करियर बनाउन चाहनेहरुका लागि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिने बताइएको छ ।
सो महोत्सवमा नेपालका अनुभवी तथा प्रसिद्ध पाँच जना फेसन फोटोग्राफरहरुका उत्कृष्ट फेसन फोटोग्राफीहरुको समेत प्रदर्शन गरिने भएको छ।महोत्सवमा फेसन उद्य्मीहरुले तयार पारेका भिडियो कन्टेन्टहरुको पनि प्रदर्शनी गरिने जनाइएको छ।
यसबाहेक हरेक दिन साँझ फेसन रनवेको पनि आयोजना हुने र यसमा बुटिक,फेब्रिक,फेसन डिजाइनरका पहिरनहरु शोकेश गर्ने तयारी छ।फेसन शोमा प्रसिद्ध मोडलहरुले क्याटवाक समेत प्रस्तुत गर्ने तयारी भएको बताइएको छ।क्याटवाकमा नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्न केही नयाँ मोडलहरुलाई पहिलो पटक र्याम्पमा सहभागिताका लागि अवसर प्रदान गरिएको छ।
क्याटवाकका लागि गत वैशाख १५ गते शनिवार नै अडिसनबाट मोडलहरु छनौट गरिसकिएको बताइएको छ ।साथै यस फेस्टिभलले प्रायः सबै क्षेत्रका उद्योग व्यवसायीहरू,महत्वाकांक्षी प्रतिभाहरू तथा फेसन पारखीहरुलाई एक साथ एउटै ठाउँमा उभ्याउने र एक किसिमको नौलो अनुभव गराउने तयारी गरेको छ।
महोत्सव प्रवेशको लागि खल्ती एपबाट वा आयोजना स्थल हेरिटेज गार्डेन,सानेपाबाट पनि प्रवेश टिकट खरिद गर्न सकिने बताइएको छ।रिजभोल कस्मेटिक्सद्वारा पावर्ड गरिएको सो फेस्टिभललाई श्रीकेश हेयर आयल,बोता मःम,दाउरा थकाली र पञ्च एण्ड सन्स ज्वेलर्सले विशेष सहयोग गर्दै छन् ।
फेस्टिभलको इभेन्ट बोर्ड सदस्यमा पौरख मर्दान बस्न्यात,ईश्वर डंगोल,सञ्जय सिंह, इन्ता श्रेष्ठ,लक्ष्मी थापा र उद्धव अधिकारी छन् ।भने,सल्लाहकार समितिमा राजेन्द्र सिंह,गौतम धिमाल,रुपेश श्रेष्ठ,सुमन शाक्य,राजभाई सुवाल तथा रुष्का श्रेष्ठ छन्।
नेपालको फेसन उद्योगसंग सम्बन्धित बुटिक,डिजाइनर,फोटो स्टुडियो,इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था,सौन्दर्य सामग्री उत्पादक कम्पनिसहित दर्जनौं प्रतिष्ठानहरुले सहभागिता जनाउने फेस्टिभललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्बन्धित सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
समग्रमा सो महोत्सवले नेपालको फेसन उद्योगलाई चिनाउन र यसलाई स्थापित गर्न सहयोग पुर्याउने आशा गरिएको छ ।
