
जनकपुरधाम ।भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका राति १२ बजेदेखि बन्द भएको छ।
भारतको विहार राज्य अन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा,धनुषा,सप्तरी तथा महोत्तरीका सीमानाका आजबाट तीन दिनका लागि बन्द भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
आगामी सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाइएको हो ।
