पत्रकार गौतम छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडौं ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्।

शुक्रबार १५ औँ डी सिने अवार्ड कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित उक्त पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो।गौतम काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील थिए।

पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन मिल्ने बताएका छन्।

डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न सो अवार्ड हरेक वर्ष प्रदान गरिदैं जाने आयोजकको भनाई छ।