तारकेश्वरको मनमैजुमा एक प्रहरी जवान मृत भेटिए

काठमाडौं ।तारकेश्वरको नगरपालिकाको मनमैजुमा एक प्रहरी जवान मृत अवश्थामा भेटिएका छन् ।

शुक्रबार साँझ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत अवश्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् ।

प्रमुख रजौरेका अनुसार  त्यहाँको निर्माणाधीन दुई तले घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा उनको शव फेल परेको थियो ।

मृत भेटिएका प्रहरी जवान घिमिरे ट्राफिक प्रहरी प्रभाग,दरबारमार्गमा  कार्यरत थिए।

उनको शरीरमा चोटपटक लागेको देखिएको छ । घटना शंकास्पद रहेको एसएसपी रजौरे को भनाई छ ।खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको राति हत्या भएको आशङ्का गरिएको छ ।

एसएसपी रजौरेले भने,‘शंकास्पद जस्तो देखिएको छ। अहल्यै केही खुलेको छैन।अनुसन्धानमै छौं।’