
सीता पौडेल(अर्चना)
काठमाडौं ।बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज शुक्रवार बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडामा अवस्थित नगरकार्यपालिकाको कार्यालयको प्रांगणमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।
नगरपालिकाले आर्थिक वर्ष ०८० ÷०८१को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरेका विकास निर्माण,सेवाप्रवाह तथा आर्थिक वर्ष २०८१÷०८२को नीति तथा कार्यक्रम तर्जुमा र बजेट निर्माणका सम्बन्धमा नगरवासीहरुको प्रतिक्रिया र सुझाब संकलनका लागि सो सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।
नगरपालिकाले सेवा प्रवाहलाई चुस्त र दुरुस्त र वित्तिय पारदर्शीता कायम गर्न तथा नगरवासीहरुप्रति जवाफदेही र उत्तरदायी बन्नका लागि प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको उनको भनाई छ।
आ.व.२०८०र८१को श्रावण महिना देखि हालसम्म भएका सम्पुर्ण योजना,कार्यक्रम तथा गतिविधीहरुबारे उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत तुलसिराम अर्यालले नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा १७ वटा गुनासो,प्रतिक्रिया र सुझावहरु संकलन गरेको जानकारी दिएका छन्।
सो सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको नगर प्रमुख मिठाराम अधिकारी,उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृतले पालैपालो सम्बोधन गरेका थिए।

कार्यक्रममा स्थानीयबासीहरु लगायत विभिन्न विषयगत समितिका संयोजक,नगर सभा सदस्य, सुरक्षा निकाएका प्रमुखहरु, पत्रकारहरु,राजनितिक दलका प्रतिनिधीहरु तथा अन्य सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

