
काठमाडौं।सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई आज उनले आफ्नै निवासमा बोलाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।
कांग्रेसकै अवरोधका कारण शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।
