जनकपुर।भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको ।
भारतमा जारी लोकसभा निर्वाचनको समयमा सो सेवा बन्द भएको थियो।महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुनेबारे सार्वजनिक सूचना प्रकाशन गरेको थियो । रेल्वे सेवा अबदेखि नियमित सञ्चालनमा आउने पनि जनाइएको छ ।
