शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पी भानु शर्माले शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्ने बताएका छन्।

बुधवार राष्ट्रिय अभिभावक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले शिक्षाले मानिसलाई आफ्ना क्षमतासँग परिचित गराउन सके मात्रैव्यक्तिको जीवनमा सिर्जनशीलता र उत्पादकत्व बढ्ने बताए।यसका लागि उनले अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुनु पर्ने आवश्यकता औंल्याएका छन् ।

उक्त छलफल कार्यक्रममा जीवन विज्ञानका गुरु शर्माले विद्यार्थीलाई व्यवहारिक र अध्यात्मको ज्ञान दिन सके मात्रै भावी पुस्तालाई असल र कुशल बन्न सहयोग पुग्ने स्पष्ट पारे ।

छलफलमा संघका पदाधिकारीहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य समभागिता रहेको जनाइएको छ ।

स्रोत–: जीवन विज्ञानको फेसबुक पेज