काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत प्रस्थान गरेकी छिन्।

भ्रमणमा उनीसँग कामपा वडा नम्बर,२७ की वडा सदस्य श्रृष्टि कंसाकार,सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएका छन्।

बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा यहि जेठ ११, १२ र १३ गते हुने उक्त महोत्सवमा उनीहरुलाई भ्रमणको अवधि १० दिनको तोकिएको उपप्रमुख डंगोलको सचिवालयले जनाएको छ।टोली जेठ २० गते नेपाल फर्कने सचिवालयले जनाएको छ।

हरेक वर्ष गरिने महोत्सवमा स्थानीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ ।

सो अन्तर्क्रियामा विभिन्न देशका विश्व प्रख्यात महिलाहरु वक्ताका रुपमा रहेको बताइएको छ ।