
वीरगन्ज । भारतमा लोकसभा निर्वाचनका लागि पर्सा तर्फको भारतीय सीमा बन्द गरिएको छ । भारत विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते लोकसभा निर्वाचनका कारण वीरगञ्ज भन्साल कार्यालय सहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि जेठ १२ गते अपराह्न ६ बजेसम्म नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।
दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नाका बन्द गरिएको कार्यालयले जनाएको छ । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।
