काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बेंगुलुरलाई पराजित गर्दै राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । अहमदाबादमा बुधबार राति सम्पन्न खेलमा तेस्रो हुँदै राजस्थान प्लेअफमा पुगेको थियो ।
इलिमिनेटर खेलमा पुगेको राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ । लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो ।
इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको छ ।
राजस्थानका यशस्वी जैसवालले ४०, रियान परागले ३६, सिमरन हेटमायरले २६ र टम कोहलर-क्याडमोरले २० रनको योगदान गरे ।
बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एकरएक विकेट दिलाए ।
पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए ।
राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एकरएक विकेट लिए ।
दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।
