एकैदिन १८ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्यमा एक हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायिक महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख चालिस हजार भएको थियो

आज एक लाख ३८ हजार सात सयमा कारोबार भइरहेको महासंघले बताएको छ । काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर करोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।