
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यता कार्यविधि २०७८ का लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो ।
त्रिविले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्न समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ । उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् ।
एक सुचना प्रकाशित गर्दै त्रिविले ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।

