महिला एसिया कपः २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् । अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो र डली भट्ट रहेका छन् ।

अन्य खेलाडीमा बिन्दू रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोद्दार, खुशी डंगोल, लक्ष्मी साउद, एलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, सङ्गीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ रहेका छन् ।