
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप पुनः ५ दिन हिरासतमा राखेर अनुुसन्धान गर्न सरकारी वकिलले सिफारिस गरेका छन् ।
नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियालाई सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएको दिएको थियो । धनुषा जिल्ला अदालतले भने तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप गर्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।
उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको थियो ।
