
काठमाडौं । सबैभन्दा धेरै विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेर रेकर्ड बनाएका कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । उनले ३० औं पटक सगरमाथा चढेर आफ्नै रेकर्ड तोडेका हुन्
उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका थिए। सगरमाथा आरोहण गरेका उनी शुक्रबार काठमाडौं फर्किएका छन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्।
