भोलि दिउँसो १ बजे बजेट भाषण

काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार(भोलि) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनार्थ भोलि दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने गरि प्रतिनिधिसभा सदस्यहरुलाई १५ मिनेट अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन्।

बजेट अर्थमन्त्रीद्धारा प्रस्तुत हुने हुँदा यस आवको बजेट वर्तमान अर्थमन्त्री वर्षमान पुनद्धारा प्रस्तुत हुँदै छ।

संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।