काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ । केही दिनदेखि यहाँको तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने छ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उनले बताइन् ।
हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा छ।
मौसमविद् मानन्धरले उनले भनिन्, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ। मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ।’ आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो।
