ट्रम्पमाथि ३४ वटा फौजदारी मुद्दा

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जघन्य अपराधका ३४ वटा फौजदारी मुद्दा पुष्टि भएको छ ।

न्ययोर्कको अदालतले बिहीबार ट्रमाथि ती अपराधहरुको पुष्टि गरेको हो । ट्रम्पले पूर्वपोर्नस्टार सँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत विभिन्न ३४ जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर गरेको समाचार संस्था एशोसियटेड प्रेस (एपी) ले उल्लेख गरेको छ।

उनी अमेरिकाको इतिहासमै यति धेरै अपराध पुष्टि भएका पहिलो राष्ट्रपति हुन् । म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाएको समाचारमा उल्लेख छ ।

अदालतले उनलाई दोषी ठहर गरिएपनि सजाय भने तोकिसकेको छैन । न्यायाधीश जुआन एम. मर्चनले ट्रम्पविरुद्ध जुलाई ११ अर्थात राष्ट्रपति चुनावको मनोनयन दर्ता गर्ने ठीक पहिलो दिन सजाय तोकिने बताएका छन्।

उनीमाथि राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायभ गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित थुप्रै मुद्दाहरूमा फैसला आउन बाँकी नै छ।