
काठमाडौं । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरेको थियो ।
मौसमविद पुडासैनीले यो नै यसपालिको सबैभन्दा बढी तापक्रम भएको बताए । नेपालको पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको उनले बताए ।
बिहीबारकै हाराहारीमा शुक्रबार पनि तापक्रम पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। एक सातादेखि धनगढी र नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।
मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।
