
काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ कायम हुँदै नयाँ कीर्तिमान कायम गरेको हो ।
अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज एक हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
