प्रचण्डद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठक आह्वान गरेका छन् । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्नेछ ।

जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पाण्डेले बताए । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।