वाइडेनद्वारा अमेरिकी हातहतियार प्रयोग गरेर रुसभित्र हमला गर्न अनुमति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले लामो समयको नीति परिवर्तन गर्दै हतियार प्रयोग गरेर रुसी भू–भागलक्षित आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् ।

अमेरिकी अधिकारीका अनुसार रूसी सेनाले सीमानजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहरमा आक्रमण बढाएपछि बढ्दो तनावबीच अमेरिकाले यो निर्णय लिएको हो । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए ।

‘राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,’ एक अमेरिकी अधिकारीले बताए ।

नीतिअनुरुप अनुमति दिइएको क्षेत्र खार्किभमा कडाइका साथ सीमित गरिएको छ । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् ।