सीता पौडेल(अर्चना)
काठमाडौं ।कतिपय मानिसहरु स्वस्थ रहन र तौल घटाउन ‘ग्रीन टी’ सेवन गर्छन्।यसले शरीरलाई स्वस्थ राख्न र तौल घटाउन मद्दत गर्छ।तर कहिले र कसरी सेवन गर्ने भन्ने कुरा भने जान्नु जरुरी छ।किन भने‘ग्रीन टी’ सहि र उपयुक्त तरिकाले सेवन गर्न सके मात्रै यसबाट हामीले भरपुर लाभ लिन सक्छौं।
तर यसलाई सेवन गर्ने समय र तरिका नजान्दा यो कतिपय अवस्थामा हाम्रो स्वस्थ्यको लागि हानीकारक पनि बन्न जान्छ।कतिपय मानिसले दिनको सुरुवात नै ग्रीन टीबाट गर्ने गर्छन् ।यसले तौलदेखि रगतमा चिनीको मात्रा घटाउन समेत मद्धत गर्ने हुनाले मोटो शरीर भएका मानिसहरुको त झन ग्रीन टीप्रति आकर्षण बढेको देखिन्छ ।
शारीरिक र मानसिक रुपमा फिट रहन चाहनेहरु पनि ‘ग्रीन टी’ पिउँन लालायित देखिन्छन्।विशेषज्ञहरुले पनि ‘ग्रीन टी’मा एन्टिअक्सिडेन्ट पाइने हुँदा मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्ने,सक्रिय र उर्जावान बन्न सहयोग पु¥याउनुका साथै छालालाई स्वस्थ राख्न सघाउँने बताउँदै आएका छन् ।
‘ग्रिन टी’का फाइदा के के छन् त ?
– यसले मुटुका लागि राम्रो गर्छ : दैनिक १ देखि २ कप ‘ग्रिन टी’पिउँदा शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत मिल्छ र मुटुसँग सम्बन्धित रोगहरूमा फाइदा पुर्याउँछ ।
– यो एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो।यसमा पाइने पोषक तत्वले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
–यो दीर्घ रोग,जस्तैः उच्च रक्तचाप,मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी छ।
– ग्रीन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा यसले छालालाई पुनर्जीवित गर्छ।
– शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टि लाभदायक हुन्छ।
– यसले पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउन मद्धत गर्छ ।
‘ग्रिन टी’पिउने सही तरिका र समय
फिट रहन भनेर बिहानको व्यायाम पछि खाली पेटमा ‘ग्रिन टी’ पिउँनु हुदैन । खाली पेटमा सेवन गर्दा एसिडको मात्रा बढ्न गई पेट दुख्न,जलन हुने वा कब्जियत जस्ता समस्या देखा पर्न सक्ने पोषणविद्हरूले बताउँदै आएका छन् ।
‘ग्रिन टी’मा क्याफिनको मात्रा हुने हुँदा पेटलाई हानि पुर्याउँछ ।यसको अत्यधिक प्रयोगले चक्कर लाग्ने,वान्ता हुने जस्ता समस्या समेत देखा पर्न सक्ने उनिहरुको भनाई पाइन्छ ।
खानासँग र औषधिसँग पनि ग्रीन टी पिउन हुँदैन,औषधि सेवन गरिरहेकाकाले,नसाका रोगीहरुले त ग्रीन टी नपिउनु नै राम्रो हुन्छ।ग्रीन टीमा पाइने क्याफिनले नसाको प्रणालीलाई असर पुर्याउँछ।नसाको रोगका औषधि सेवन गर्ने व्यक्तिले पनि ग्रीन टी सेवन गर्दा उच्च रक्तचापको समस्या हुनसक्छ।
त्यस्तै गर्भवती अथवा र स्तनपान गराइरहेका महिलाले पनि ग्रीन टी नपिउनु नै उचित हुन्छ।न्युन रक्तचाप भएकाहरुले पनि खानु हँदैन।
बिहानको खाना खानुभन्दा एक घन्टाअघि’ग्रिन टी’ पिउन सकिन्छ ।बिहान र बेलुका ‘ग्रिन टी’ पिउँदा मेटाबोलिजमको सन्तुलन हुँदा तौल घटाउन मद्दत गर्छ।‘ग्रिन टी’ दिनमा ३ देखि ४ कपसम्म मात्रै पिउन सकिन्छ यो भन्दा धेरै पिउन हुन्न।
कतिपयले ‘ग्रिन टी’मा दूध र चिनी मिसाएर पिउँछन्।ग्रीन टीमा चिनी र दूध मिसाउनु हुँदैन।बरु,मह मिसाएर सेवन गर्न सकिन्छ।खाना खाएको तुरुन्तै पनि ग्रीन टी पिउनु हुँदैन।
राति सुत्नुअघि ग्रीन टी सेवन गर्नुहुँदैन,यसले निद्रामा समस्या उत्पन्न गर्न सक्छ।ग्रीन टीमा क्याटेडिन हुन्छ,जसले शरीरमा आइरनलाई अवशोषित गर्न पाउँदैन।जसबाट शरीरमा आइरनको कमी हुन्छ। त्यसैले खाना खाएको केही समयपछि मात्र ग्रीन टी पिउनुपर्छ।
विहान खाना खानुभन्दा एक घण्टा अघि वा पछि पिउन सकिन्छ।
ग्रीन टि अन्य चिया जस्तो पकाएर पिउनु हुन्न।ग्रीन टि छुटै गिलासमा राखेर त्यसमा उमालेको पानी हाल्नुपर्छ।
