काठमाडौं । नेकपा (एमाले) को सातौँ जिल्ल अधिवेशन काठमाडौंमा शुरु भएको छ ।
काठमाडौंको प्रदर्शनी मार्ग स्थिति भृकुटीमण्डपको चौरमा शुरु भएको अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
अधिवेशाबाट २२५ जना सदस्य जिल्ला कमिटि चयन हुने एमालेले जनाएको छ । जसको लागि १० वटै निर्वाचन क्षेत्रबाट खुल्ला तथा कलस्टर बाट गरेर छ सय ८५ जना प्रतिनिधि छनोट गरिएको छ ।
सकेसम्म सहमति प्रकृयाबाटै चयन गर्ने प्रयास गरिएको एमाले काठमाडौँ जिल्ला कमिटिका पोलिटवुरो सदस्य एवं जिल्ला इन्चार्ज आनन्द पोखरेलले बताए । सहमति प्रकृया बाट नभए लोकतान्त्रिक पक्षबाट निवार्चन प्रक्रियाबाट )नतेृत्व चयन गर्ने उनको भनाइ रहेको छ ।
भेलीको बन्द सत्र बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ
