आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनी प्रणालीको प्रभाव सँगै स्थानीय वायुको प्रभावले आज देशको केही स्थानमा हल्का देखि मध्म वर्षा हुने भएको छ ।
हाल देशमा कायम रहेको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाकी भूभागमा स्थानीय वायु पश्चिमी वायु तथा बहिार आसपास बनेको न्युन चापीय क्षेत्रको आांशिक प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

राति देशको कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।