नेप्से ६.३७ अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।

मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक ९०.३०० प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।

बुधबार ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ ।