
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।
उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए। उनले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए। अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए।
