प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कार्यसूचीसहित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।यसैगरि वन तथा वातावरण मन्त्रालय,खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाइएको छ।

बैठकमा मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्ने र ती प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयद्धारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ।

हेर्नुहोस् सम्भावित कार्यसूची