पानी माग्दै डोको र गाग्री बोकेर गाउँपालिकाको कार्यालय घेरे

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित रेक्चा गाउँका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।

खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिकाको कार्यालय घेराउ गरेका हुन् ।

चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकाको कार्यालयमा पुगेर प्रदर्शन गरेका हुन् ।

एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार रु भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका हुन् ।