सुदुरपश्चिमबाट पूर्वी भू–भागमा फैलियो मनसुन,यी प्रदेशमा वर्षाको सम्भावना

मनिषा गुरुङ

काठमाडौ।अघिल्लो हप्त सुदुरपश्चिम प्रदेशबाट भित्रिएको मनसुनी प्रणाली हाल देशको पूर्वी भू–भाग देखिएको छ ।यस मनसुनी प्रणालीको प्रभावले आज कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।

आज विहानैदेखि कोशी,मधेस प्रदेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार  दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशलगायत बाँकी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उता राति पनि कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका थोरै तथा मधेस,बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

महाशाखाका अनुसार भोलि बुधबार पनि मौसम उस्तै रहने सम्भावना रहेको छ।