
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद् सचिवालयमा १ बजे बस्ने सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।
यस्तै, “सुरक्षण मुद्रण सम्बन्धि विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
