
काठमाडौं।हाल देशमा मनसुनी प्रणालीको प्रभाव रहेको छ जसका कारण मौसम बदली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।विभागका अनुसार गण्डकी प्रदेशका केही तथा कोशी,मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी,मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।कोशी,बागमती र गण्डकी प्रदेशका केही,मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उता आज राति भने गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन विभागले अनुरोध गरेको छ ।यस्तै गण्डकीसँगै कोशी,मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्ण बदली,लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।
यस्तै गण्डकी प्रदेशका केही स्थान,कोशी,मधेस,बागमती र लुम्बिनी प्रदेशका केही भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न सर्तकता अपनाउन विभागले भनेको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि,स्वास्थ्य,पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको हो । ।
