तारकेश्वर नगरपालिकाको १५ औँ नगरसभा :आगामी आर्थिक वर्षलाई खाने पानी वर्षको रुपमा मनाइने

जमुना धमला

काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरको विकास र समृद्धिका लागि निती तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ लागि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रमहरु सर्वसमतले पारित भएको छ ।

शुद्ध खाने पानी सहितको धारा, करको दर घटाउने, शैक्षिक गुणस्तर, जेष्ठ नागरिकको सम्मान,स्वास्थ क्षेत्रलाई प्रभावकारी बनाउने, न्याय सम्पादनलाई चुस्त बनाउने, पर्ति जग्गाहरुको संरक्षण गर्ने, पूर्वाधार निर्माणमा जोड दिने, दिगो विकास र फोहोरमैला व्यवस्थापन कार्यक्रम संचालन गर्ने, सम्पदाहरुको प्रवद्र्धनमा गर्नै, कृषि तथा पशुपालन क्षेत्रको विविधिकरण्ाँ गरी गरीबी न्युनीकरणमा जोड दिने ।

त्यस्तै विद्युतीय सेवा प्रवाह प्रणालीलाई विकास र सुशासनमा योगदान पुराउने, लैंगिक समानता, फरक क्षमता भएका र सामाजिक समावेशीकरणका विविध कार्यक्रमहरु संचालन गर्नै तारकेश्वर नगरपालिकाका बार्षिक नीति, कार्यक्रम तथा वजेट यीनै प्राथमिकतामा परिलक्षित हुने नगर प्रमुख महर्जनले बताए ।

उनले भने(‘नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, प्रचलित कानुनी व्यवस्था, बजेट तर्जुमा दिग्दर्शन, अघिल्लो आ.व. को नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, चुनावी घोषणापत्र, तारकेश्वर नगरपालिकाको मौलिक विशेषता, तारकेश्वर नगरपालिकाको आवधिक नगर विकास योजना र स्थानीय वासीहरूको आकाङ्क्षा, राजनैतिक दल, विषयविज्ञ, बुद्धिजिवी वर्ग र नागरिक समाजबाट प्राप्त सुझावहरू, विषयगत समितिको सिफारिस समेतको आधारमा तारकेश्वर नगरपालिकाको आ.व. २०८१÷०८२को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।

शुक्रबार नगर प्रमुख महर्जनको अध्यक्षतामा तारकेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय प्रमुख दिेनेश राज पन्त कार्यपालिका सदस्य, ११ वटै वडाका जनप्रतिनिधिहरु तथा कर्माचारीहरुको उपस्थिति रहेको थियो ।

नगर प्रमुख महर्जनले चालु आ.व . २०८०÷०८१ म हालसम्म चालु तर्फ ५९.२९ प्रतिशत, पूँजीगत तर्फ ४४.३७ प्रतिशत कुल बजेटमा ५० प्रतिशत प्रगति भएको बताए । आगामी आर्थिक वर्ष २०८१÷०८२मा समयमै पूँजीगत खर्च शत–प्रतिशत हुने गरी योजना तथा कार्यक्रमहरु समेत संचालन जानकारी दिए ।