मन्त्री चौधरी पारिवारिक शोकमा

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई पारिवारिक शोक परेको छ। उनकी सासू महेश्वरीदेवी चौधरीको ८० वर्षको उमेरमा शुक्रबार निधन भएका कारण उनि शोकमा परेकी हुन् ।

दाङको लमही नगरपालिका–१ स्थित घरमा महेश्वरीदेवीको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ। स्व.महेश्वरीदेवीका सात भाई छोरा र तीन
बहिनी छोरीहरु छन् ।मृतक महेश्वरीदेवीको आज परम्परागत रुपमा अन्त्येष्टि गर्ने बताइएको छ।

मन्त्री चौधरीका श्रीमान् दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएपछि उनले नै थप पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।