
काठमाडौं । युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेका छन्।
जर्मनीमा जारी सो प्रतियोगिताको लाइप्जिङ रंगशालामा भएको खेलमा समूह डीका यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्।अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेलाई आराम दिइएको थियो। समूह डीकै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ गोलले पराजित गरेको छ।
अस्ट्रियाको जितमा जेनोट ट्रनियर,क्रिस्टोफ बमगार्टनर र मार्को अर्नाटोभिकले एक(एक गोल गरे। पोल्याण्डका लािग क्रिजस्टोफ पियाटेकले सान्त्वना गोल फर्काए ।
जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पराजित पोल्याण्ड भने युरोको समूह चरणबाटै विदा भएको छ।
