काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ ।श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन एओएम थपेको हो।
८० सिटको क्यु ४००(८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक ९कर्पोरेट० अनिल मानन्धरले जानकारी दिए।उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ।
सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००र७०० तथा क्यु ४००( गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।
