आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  र बाँकी भू – भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भईरहेको छ ।  

राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू – भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू – भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।