
सीता पौडेल(अर्चना)
काठमाडौं ।नेकपा (एमाले)की केद्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री अष्टलक्ष्मी शाक्यले एमालेको मिसन–२०८४ अभियान एकल बहुमतको सरकार बनाउने अभियान भएकोले एमालेलाई नागार्जुन नगरपालिकामा हार्न छुट नभएको बताएकी छन् ।

शानिबार काठमाडौंको स्वयम्भु स्थित स्टार बैंक्ववीटमा जारी एमाले नागार्जुन कमिटिको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले एमालेले लिएको राष्ट्रिय आकांक्षा–‘समृद्ध नेपाल,सुखी नेपाली’को लक्ष्य भनेको मिसन २०८४ सम्ममा एमालेलाई १ नं को पार्टी बनाउने,एकल बहुमतमा एमलेको सरकार बनाउने रहेककाले नागार्जुनमा भएको एमालेको बर्चश्वलाई एकिकृत गरेर लैजानु पर्ने हुँदा हार्न छुट नभएको बताएकी हुन् ।

सो उद्घाटन समारोहमा उनले यसका लागि नागार्जुन एमालेले अहिलेदेखि नै रणनीति बनाएर अगाडी बढ्नु पर्ने हुँदा अघिल्ला नेतृत्वहरुबाट नगर किमिटिमा रचनात्मक र परिणाममुखि सुझाव,सल्लाह र सहयोगको खाँचो रहेको उनको भनाई छ ।हरेक संगठनभित्र गुट, उपगुट, पार्टी वा संगठन भन्दा व्यक्ति ठूलो बनाउने परिपाटी हाबी भएको भन्दै उनले यस्तो तल्लो स्तरको सोचलाई त्यागेर आफूँमा रुपान्तरण ल्याई सिंगो पार्टी बलियो बनाउन नागार्जुनलाई अग्रजहरुको प्रभावकारी भूमिकाकाको आवश्यकता रहेको जिकिर गरिन् ।

उपाध्यक्ष शाक्यले भनिन,‘पार्टी बेगर कोही ठूलो हुँदैन।न मन्त्री,न प्रमुख,उपप्रमुख ,न वडा अध्यक्ष,न सदस्य।नागार्जुनमा एमालेलाई पहिलो वा फष्ट पार्टी बनाउने हो भने,अग्रजहरुको भूमिका प्रभावकारी चाहियो!चाहियो! यसरी बसेर योजना बनाएर जाँदा नागार्जुनमा एमाले फष्ट पार्टी बन्छ,मिसन ०८४ सफल हुन्छ,हुन्छ।’

पार्टी बलियो बन्नु भनेको दुईवटा विषय बलियो बन्नु हो भन्दै उनले पहिला नेता,कार्यकर्ता आफैं रुपान्तरित हुन र दोस्रो सिंगो पार्टी बलियो बनाउन प्रभावकारी भूमिका खेल्न जरुरी भएको बताइन्।मनमुटावले,कमिटि कम्जोर बन्ने र नागार्जुनको विकास प्रभावित भई समग्र राष्ट्रकै विकास र सम्मृद्धिको यात्रा प्रभावित बन्ने भन्दै उनले सबैसामु आदर सम्मानको भाव राखेर सबैलाई समेटेर लैजान सक्ने नेतृत्व सकेसम्म सर्वसम्मतिबाट चयन गर्न आग्रह गरिन्।
एकैठाउँमा हुँदा कोही हार्ने र कोही जित्ने गम्भिर विषय भएको भन्दै उपाध्यक्ष शाक्यले यसबारे अधिवेशनमा घनिभूत छफफल र स्वमुलयांकन गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।नाजार्गूनमा एमाले एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ।

फुटको इतिहासले पनि पार्टीमा धेरै नोक्सान भएको भन्दै उनले पार्टी भित्र एक मन,एक मत हुनु पर्ने भन्दै यस विषयलाई समिक्षा गर्ने सन्दर्भमा पनि सो अधिवेशन सफल बनोस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन्।

सो अधिवेशनको बन्दसत्रले आज आइतबार दोस्रो दिन रातीसम्म भएपनि नेतृत्व चयन गर्ने तयारी अनुसार बन्दसत्र जारी रहेको एमाले प्रदेस कमिटि सदस्य एवं इन्चार्ज सपना अर्यालले जानकारि दिएकी छन् ।

