संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताए ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन्