बाजुरामा नुन अभाव

बाजुरा । बाजुरामा नुनको अभाव भएको छ । नुन अभाव भएसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।

जसले गर्दा बाजुराबासी मानिसलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री कार्य गरिरहेको छ ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।