विराटनगर । विराटनगरमा अविरल वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ ।बिराटनगर महानगरपालिकाका ११, १२, १६, १७ र १८ वडाका अधिकांस भाग जलमग्न भएका छन् । मध्यरातिदेखि परेको पानीले अधिकांश वडा डुबानमा परेका छ्न् ।
विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न भएका छन् ।
