मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मध्याह्न साढे १२ बजे गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।