
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक(ग्रेडवृद्धि) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
२०८० को एसइईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड ९एनजी० अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।
पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
