
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले वर्तमान सरकारबाट बाहिरिने तर नयाँ गठबन्धनमा पनि सामेल नहुने निर्णय लिएको हो।
नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।
